logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विप्लवले निलम्बन गरेपछी प्रचण्डको पार्टीमा प्रवेश गर्दै पदम राइ


  • राजनीति
  • आइतबार, जेष्ठ १९ २०७६

पार्टी निति बिपरित अभिव्यक्ति दिएको भन्दै केहि समय अगाडी विप्लवको नेतृत्वको नेकपाबाट निलम्बनमा परेका पुर्व राज्यमन्त्री पदम राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन  ।

उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने भएका हुन् ।

आइतबार १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । ‘हामीले धेरै दिनदेखि छलफल गरी रहेका थियौँ,’ श्रेष्ठले भने, ‘आज अन्तिम रुप दिई पार्टी प्रवेश टुङगो लगाएका हौँ ।’

राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।

सरकारसँग वार्ता चलिरहेको र प्रगति भएको टिप्पणी केही समयअघि गरेपछि राईलाई विप्लवले केही समयअघि पार्टीबाट निलम्वित गरेका थिए । निलम्बनमा परेपछि असन्तुष्ट राईले विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्ने निर्णय लिएका हुन्।

पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए ।
नेकपा केन्द्रीय कार्यालयले आइतबार १० बजेका लागि पार्टी प्रवेश कार्यक्रमसहितको पत्राचार पार्टी पंक्ति र पत्रकारहरुलाई गरिसकेको छ। विप्लवले कारबाही गरेदेखि असन्तुष्ट उनी त्यसलगत्तै नेकपाको सम्पर्कमा रहेको खुलेको छ । पूर्वसंविधानसभा सस्दस्यसमेत रहेका उनी केही दिनअघि राष्टपति पूर्वसभासदहरुलाई गरेको सम्मानमा राष्टपतिको कार्यालयमा पनि पुगेका थिए।

नेकपा नेता श्रेष्ठका अनुसार करिब एक महिना लामो छलफलपछि राईसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउने टुंगो भएको हो ।
उनलाई यसअघि गत निर्वाचनका क्रममा अहिलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि बम हमला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा पनि चलाएको थियो । तर उनी अदालतको आदेशमा रिहा भएसँगै अर्धभूमिगत थिए।

भोजपुरको बोया घर भएकार राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । उनि कार्वाही हुनु पुर्व विप्लव नेकपाका पोलिट्ब्युरो सदस्यको भुमिकामा रहेका थिए ।
राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार