पोखरा- नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कास्कीले जेष्ठ २२ गते आम कास्की शैक्षिक हड्तालको घोषणा गरेका छन।
क्रान्तिकारी कास्कीका जिल्ला सचिव विश्वास पुन पवनलाई प्रहरीले प्रकाउ गरेको विरोधमा शैक्षिक हड्ताल घोषणा गरेको जिल्ला अध्यक्ष काजी गुरुङ द्दारा हस्ताक्षरित विज्ञप्तीमा जनाएका छन। अखिल (क्रान्तिकारी) कास्कीले बिनाकारण आफ्ना नेता कार्यकर्ता गिरफ्तार भएको भन्दै बिज्ञप्ती जारी गरेको छ ।

जिल्ला सचीव पुरन पुनलाइ आइतबार साझ पक्राउ गरेकोमा आक्रोश ब्यक्त गरेको छ । साथीको जन्मदिन बाट फर्कने क्रममा इलाका प्रहरी कार्यालय बैदामले गिरफ्तार गरेको अखिल क्रान्तिकारी कास्कीले जनाएको छ ।
संगठनका जिल्ला को सचीवलाई विना कारण अपहरण शैलीमा गिरफ्तार गरि झुठा मुद्दा लगाएको भन्दै क्रान्तिकारी कास्की ले आपत्ति जनाएको हो ।
