logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका ब्युरो ईन्चार्ज माइला लामा खोज्दै प्रहरी, को हुन ऊनी ?


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

बादलले गत जेठ १३ गते नेकपाले आव्हान गरेको नेपाल बन्द सफल बनाउने उदेश्यले राजधानीका विभिन्न स्थानमा राख्न तयार गरिएको विस्पोटक पदार्थ बनाउने कार्यको नेतृत्वको लामाले गरेको भन्दै पक्राउ गर्न ठाडो आदेश दिएका हुन् ।

काठमाडौं सीतापाइलामा बस्दै आएका लामाको नेतृत्वमा तयार गरिएको भनिएको  विस्पोटक पदार्थ बन्दको अघिल्लो दिन प्राविधिक कारणले विस्पोट भएको र त्यस क्रममा ४ जना नेकपा कार्यकर्ताले ज्यान गुमापछि गृहमन्त्री बादलले लामाको खोजि गर्न निर्देशन दिएको बताइएको छ ।

माओवादी आन्दोलनको सास्कृतिक मोर्चाका लोकप्रिय नेता तथा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष थिए लामा ।  उनी जनयुद्धमा सास्कृतिक मोर्चामा रहेको भएता पनि विभिन्न कार्वाहीमा सहभागी बन्ने क्रममा आफ्ना अंगहरु गुमाएका छन । शान्ति प्रक्रिया सगै पहिलो संविधान सभा निर्वाचनमा काठमाडौ ५ बाट उम्मेदवारी दिएका थिए । यद्यपि निकै झिनो मतले पराजित भएका थिए । पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव नेकपामा ब्युरो इन्चार्ज सम्म भएका उनि थुप्रैपटक हिरासतमा परिसकेका छ्न । हाल लामाले राजधानीको उपत्यकाको जिम्मेवारी लिएको जानकारी भएसँगै प्रहरीले उनलाई निशाना बनाएको स्रोतको दावी रहेको छ ।

राजधानीको दुई स्थानमा गत जेठ १२ गते भएको विस्पोटमा नेकपाका ४ जना कार्यकर्ताले ज्यान गुमाएका थिए भने १३ गते उपत्यकाका विभिन्न स्थानमा बम फेला परेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार