logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सोलुखुम्बुमा सेना परिचालित भएको छैन : नेपाली सेना


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

विप्लव नेकपाका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको  हल्ला भए पछि  प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् । एक अनलाइन सग कुरा गर्दै भने, ‘सेनाको टोली पनि परिचालन भयो भनेर विभिन्न सञ्चारमाध्यममा समाचारहरु आएका छन् तर त्यस्ता समाचारमा कुनै सत्यता छैन ।’

गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न खोजेको नियोजित हल्ला भएको नेकपा स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार