राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा ले साेलुमा भएको भनिएकाे प्रहरी चाैकि आक्रमण आफुहरुले नगरेको भन्दै खण्डन गरेकाे छ।
नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।
एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो । उता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले पनि प्रहरी चौकी आक्रमणको कुनै सूचना र हल्ला नभएको र त्यहाँ प्रहरी पनि परिचालित नभएको सञ्चार माध्यमलाई बताएका छन् ।
नेकपा सोलुखुम्बुका स्थानीय नेताहरूले पनि अनावश्यक रूपमा वातावरण उत्तेजित बनाउनकालागि चौकी आक्रमणको हल्ला फैलाइएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बनाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ ।
यस्ताे छ बिज्ञप्ती
