logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अखिल क्रान्तिकारीका ५ नेता अदालतबाट रिहा


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका ५ नेता अदालतको आदेशमा रिहा भएका छन । केहि दिन अगाडी  जेठ १० गते एनसेल र बालुवाटार जग्गा प्रकरणका बिरूद्ध प्रदर्सनको क्रममा शान्ति बाटिका बाट गिरफ्तार भएका थिए ।

रिहाइ हुनेहरुमा  केन्द्रीय सचिवलय सदस्य बिरेन्द्र लुहार, ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनार काठमाण्डौ  क्याम्पस जिल्ला सचिव तारा सञ्जाल र सदस्य  बुद्धहाङ राई आज सर्बोच्च अदालत बाट रिहा भएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज बिरेन्द्र बिकले जानकारी दिएकाछन । उनले भनेका छन दलाल सरकार लगायको झुटो मुद्दा  खारेज गरि कमरेड हरु रिहा हुनु भएको छ ।

बिरेन्द्र लुहार

उता पाल्पा बाट २६ दिन अगाडी गिरफ्तार भएका अखिल क्रान्तिकारी पाल्पा जिल्ला अध्यक्ष गैरे पनि आजै रिहा भएका छन । उनलाइ बिना कारण गिरफ्तार गरी २६ दिन हिरासतमा राखिएको क्रान्तिकारी लुम्बिनीले जानकारी दिएको छ।

रमेश सुनार

क्रान्तिकारीका नेता बिरेन्द्र बिकले  न्यायपुर्ण आन्दोलन गर्दै गर्दा  गिरफ्तार  हुनु भएका आस्थाका बन्दिहरुलाइ रिहाइ गर्न पहल गर्नु हुने सम्पुर्ण पार्टी पंक्ति,संगठनका साथीहरू, मानबअधिकार कर्मी,कानुन ब्याबसायी पत्रकार लगायतलाइ धन्यवाद समेत व्यक्त गरेकाछन ।

तारा सन्ज्याल

बुद्ध लामा

मुक्ति गैरे
पाल्पा अध्यक्ष

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार