logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली काङ्ग्रेसका सांसद लामाले गरे दश एम्बुलेन्स रु दुई शववाहन सहयोग


  • राजनीति
  • बुधबार, जेष्ठ २२ २०७६

दोलखा -सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स रु दुई शववाहन सहयोग गरेका छन् ।
जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एकएक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहनसहयोग गर्नुभएको तेङिमादाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।

दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेका हुन् । लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थिए ।

मंगलबार लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एकएक वटा शववाहन सहयोग गरेका हुन् ।
आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमादाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पुयाउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो । आफूले कमाएको सम्पत्ति र सांसद भएबापत आउने तलबभत्ताको रकमबाट एम्बुलेन्स खरीद गरी नागरिकको सेवामा आफूले ध्यान दिएको सांसद लामाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार