logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

मेयर सकिल माथी आक्रमण गरी युवा फरार,विरगञ्जमा उपचार हुदैँ


  • राजनीति
  • बुधबार, जेष्ठ २२ २०७६

पोखरा- राजपुर नगरपालिकाका मेयरमाथी मध्यरातमा आक्रमण भएको छ । मंगलबार राती इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयर शेख सकिललाई स्थानीय एक युवकले टर्च लाईटले प्रहार गरेका हुन् ।

गाउँकै शेख कासिम नाम गरेका एक युवाले मेयर सकिललाई टर्चलाईटले हानेर घाईते बनाएका हुन् । पर्व मनाउन चन्दा मागेका युवकलाई दिएको रकम थोरै भएको भन्दै आफूमाथि आक्रमण गरेको मेयर सकिलले बताउनुभयो । उहाँको आँखामा चोट लागेको छ ।

हातमा टर्च बोकेका कासिमले मेयरलाई टर्च प्रहार गरेर भागेका थिए । उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । मेयर माथि आक्रमण गर्नेको खोजी भइरहेको र चाँडै फेला पारेर कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नबीन कार्कीले जानकारी दिए । घाइते मेयरको उपचार वीरगंजमा भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार