logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

दलाल र भ्रष्टका विरुद्ध बन्दुक बोक्न नेपाल फर्किने विप्लवका युवाको घोषणा


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेकपा निकट प्रवासी संगठन  नेपाली जनप्रगतिशिल मोर्चा साउदिको चौथो अधिबेसनले १९ सदस्यीय कार्यसमिति चयन गर्दै, सम्पन्न गरेको छ।

जस्मा अध्यक्ष युबराज कार्की (शेखर) उपाध्यक्ष सेते घर्ती मगर (कसम) महासचिव टिकाराम वलि( सुरेश) रहनुभयको छ भने  कार्यक्रमको अध्यक्षता तिर्थ पाख्रिन गरेका थिए ।  कार्यक्रम संचालन  शिखरले  गरेक थिए ।   कार्यक्रम सुरुवात संगै  ज्ञात अज्ञात सहिदको  नाममा एक मिनेट मौन धारण गर्दै सुचारु गर्नुभयको थियो । पहिलो स्वागत मन्तव्य  दिपेश परियारले राख्दै उनले भनाई नेपालको दलाल  प्रबासमा  ब्याप्त  भयको कारण तेस्ता को लागि नेपालि जनप्रगतीसिल मोर्चा सधै डटेर सामना गर्ने  भन्दै सुभकामना मन्तव्य राखेका थिए।

(सुरेश) ले प्रबासमा रहेर आफ्नो धन्दा ब्यबसाय चलायर आफुलाई खाटि समाजसेवी भन्दै दलालि तस्करी तथा हुन्डी लगाएतका जनता  तथा देसलाइ  अहित गर्ने हरु  बिरुद्ध मोर्चा सधै  लड्ने उत्घोस गर्नुभयको थियो। NRNA ICC बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्यानका संयोजक धर्म केशिले नेपालि  राजनितिमा एकमात्र प्रष्ट र देश  भक्त रहेको पार्टी नेपाल् कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको नेकपा मात्र  रहेको जिकिर गर्दै साउदिमा पनि यो संगठनको भरपुर खाचो रहेको तर्फ जोड दिएका थिए । नेपालमा सो पाटीलाई लगाएको प्रतिबन्धलाई लियर राज्यको कडा निन्दा गर्नुभयको थियो।

कार्यक्रम मा  जनयुद्ध का शहिद पुत्र दुर्गा वलि ले  , हामी प्रतिबन्धित मान्छे , भन्ने शीर्षक दिदै कबिता द्वारा अब प्रतिबाद गर्दै थप परिबद्ध हुनपर्ने समय आयको बताउनु भयो।  नेपाली जनप्रगतिसिल मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाई राख्दै हिजो पनि लडेर आयको र आबस्यक परे देस र जनता को लागि  फेरि पनि लड्न तयार रहेको बताएका थिए । उनले थपे राज्यको नलायक पन भ्रस्टाचार घुसखोर दलालहरुको बिरुद्ध बोल्दा बन्देज लगाउछ भने त्यस्को प्रतिबाद गर्न आपश्यक परे छिटै नेपाल फर्किदै छौ ।

मोर्चाका पुर्ब अध्यक्ष तथा  सल्लाहकार भानु प्रदेशी द्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गर्दै  दलालको बिरुद्ध हामी सबै एकजुत भयर लड्ने बताएका  थियो।  अन्य बक्ताहरुले पनि मुक्त कण्ठले साउदिमा नेपाली जनप्रगतिसिल मोर्चा हिजो भन्दा झन द्रुत गतिमा अगाडि बढोस भनी सुभकामना दिनु भयको थियो ।

नेपालि जनप्रगतिसिल मोर्चा चौथो अधिवेशन  सभा अध्यक्ष तिर्थ पाख्रिनले कार्यक्रम समापन गर्दै,, आफ्नो भनाई राख्नु भयको थियो त्यो राज्यलाई मान्दैन तर राज्यको टेवा पुग्ने काम गर्छौ। जस्मा प्रतिबन्ध तिनिलाइ गर्नुपर्नेहो उनैको भात्रीसंगठनलाई जुन राज्यकै आडमा प्रबासमा पनि दलाली धन्दा चलायर हुन्डी ब्यबसाय सम्म चलायकालाई उन्मुक्ती दियर हामीलाई प्रतिबन्ध लगायको बिरुद्ध अब एक मात्र बिकल्प प्रतिबाद गर्नुपर्ने अबस्था आएको बताउनुभयो ।

स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर
एक हौं!
विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापन गरौं!
भन्ने मुल नाराका साथ सम्पन्न कार्यसमिति यस्तो रहेको छ ।
साउदी मोर्चाको नयाँ कार्यसमिति

युवराज  कार्कि
कसम  घर्ति मगर
शुरेस  ओलि
लक्ष्मण जि.सि प्रबिन
बिपिन शर्मा
सचिवालय सदस्य
हिक्मत रोक्का
मगर, राम थापा,
कैलाश मैनाली,
गणेश अर्याल,
इन्द्र बि क ,
इस्लाम  अलि
सदस्य,,

थोम गुरूड़्
माधब घिमिरे
शन्देश  मगर  ,
तोया भट्ट,
केदार रावत,
मोहन बिक,
राम खत्री,
बिर बा खड्का ब

मोर्चा  सल्लाकारमा

दिल  शुब्बा,
तिर्थ  पाख्रिन ,
भानु पर्देशी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार