logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवलाई वार्तामा ल्याउन पौडेलको सुझाव, ‘मध्यस्तकर्ता बन्न तयार


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले विप्लव समूहसँग वार्ता गरेर समाधान निकाल्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएका छन् ।

सोमबार नेपाली कांग्रेस बझाङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो सुझाव दिएका हुन् । देशमा हिंसात्मक घटना दिन प्रतिदिन बढ्दै गएकाले समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

नेता पौडेलले सरकारले विप्लव माओवादी प्रति नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप समेत लगाए ।

यस्तै उनले नेत्रविक्रम चन्द विप्लवलाई समेत वार्तामा आउन सुझाव दिएका छन् । बरु सरकार र विप्लव समूहबीच वार्ताको लागि आफूहरु मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए । यसबाहेक उनले पार्टीको आन्तरिक खिचातानीबारे बोल्न पनि धेरै समय खर्चिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार