logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजदुत सिफारिस प्रकरण , कुन नेताकाेे पक्षका काे परे हेर्नुस्


  • राजनीति
  • शनिबार, जेष्ठ २५ २०७६

सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। सत्तारूढ दलका नेताहरुकाे पकेटबाट निकालिएका उनिहरुलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो।

सरकारले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार कतारका लागि सिफारिस भएका राजदूत नारद र दावाफुटी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भने अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका हुन्। त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा. वंशीधर नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार