ललितपुर– नेकपा ललितपुरका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको सभामा जिल्ला नेता रामकृष्ण हुमागाँई काँग्रेस प्रवेश गरेका हुन् ।
हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएको आरोप लगाए ।
सो अवसरमा देउवाले पार्टीका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरे ।
काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे । काङ्ग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काङ्ग्रेस सदैव लागिपर्ने बताए ।