logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘राजनीतिक सिफारिसका नाम’ भन्दै प्रम ओलीले ल्याए चार राजदुत ! परराष्ट्रमन्त्रीलाई नै बाइपास


  • पत्रपत्रिका
  • सोमबार, जेष्ठ २७ २०७६

काठमाडौँ – मन्त्रिपरिषद्ले बिहीबार राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत चार जनालाई राजदूतमा सिफारिस गरेको पाइएको छ ।

‘नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट गरिनेछ’ निर्देशिकाको पहिलो नम्बरमा भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा ४ मुलुकका लागि प्रस्तावित राजदूतको नाम पढेर सुनाएपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाहा पाएका थिए ।

बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटिएका मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागी ‘ढिलोचाँडो रिक्त स्थानमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ’ भन्दै जवाफ फर्काइरहेका थिए । कतारका लागि नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, बंगलादेशका लागि डा वंशीधर मिश्र र स्पेनका लागि दावाफुटी शेर्पालाई कूटनीतिक कार्यविधि तथा प्रक्रियाबाट नभई ‘राजनीतिक सिफारिसका नाम’ भन्दै कुनै बहस नगरी मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार