logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मतपेटिका नेकपाको कब्जामा कर्मचारी वेपत्ता


  • राजनीति
  • बुधबार, मंसिर २० २०७४

सुर्खेतको बराहक्षेत्र गाउँपालिका- ३ भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका र निर्वाचन सामाग्री नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।
मतदान केन्द्रबाटै निर्वाचन सामाग्रीसँगै कर्मचारीलाई पनि नियन्त्रणमा लगेर अाफूसँगै अज्ञात स्थलतिर लगेर गएको बताइएको छ ।
मतदान केन्द्रको सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले सेन्ट्रीमा बसेका एक सुरक्षाकर्मीलाई नियन्त्रण लिएर बाहिरबाट ताला लगाएका थिए ।
मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री र कर्मचारी नेकपाले कब्जा गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार