राजनीति
पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पुर्व माओवादीहरु बिदेशी सग लम्पसार परेकाे भन्दै आक्राेश ब्यक्त गरेका छन् ।
मंगलबार नेपालका लागि अष्ट्रेलियाली राजदूतले मानव अधिकार उल्लंघनमा संलग्न पूर्व माओवादी नेता तथा कार्यकर्तालाई अष्ट्रेलियासहित अन्य मुलुकले गिरफ्तार गर्न सक्ने बताएका थिए । हालै आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत पिट बडले संक्रमणकालीन न्यायमा ढिलाइ गर्दा द्वन्द्वका बेला गम्भीर प्रकृतिका अपराधमा संलग्न पूर्व माओवादी नेताहरु विदेशमा गिरफ्तार हुन सक्ने चेतावनी दिएको समाचार बाहिर आएको थिए ।
त्यस्तै राजदूत बडको टिप्पणीसँग जोडेर डा. भट्टराईले गरेको अर्को ट्विटमा अब्बल राष्ट्रवादी भन्ने पूर्व माओवादी नेताहरु यसबारे एक शब्द पनि नबोल्दा आफू आश्चर्यमा परेको बताएका छन् । डा. भट्टराईले विदेशी राजदूतले हाकाहाकी गिरफ्तारीको धम्की दिँँदा चुप लागेर बसेको भन्दै पूर्व माओवादी नेताहरुको कटाक्ष समेत गरेका छन् ।
यस्तो छ उनकाे ट्विट
‘आफुलाई अब्बल‘राष्ट्रवादी’ दाबी गर्ने दुईतिहाइ सरकार र सत्ताको चास्नीमा डुबेका पूर्व माओवादी कमरेडहरू एउटा विदेशी राजदूतले हाकाहाकी यसरी गिरफ्तारीको धम्की दिंदा किन चुइँक्क बोल्दैनन् हँ! नेपालको शान्तिप्रक्रिया हाम्रो आन्तरिक मामिला हो;आफैं सहमतिमा टुंग्याउँछौं; तिमी सुँढ नघुसार भन्न सकिन्न?’
अष्ट्रेलियाका राजदुतकाे अभिब्यक्ति
