logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रेस राष्ट्रको चौथो अङ्ग हो,प्रेसलाई अङ्कुश लगाउन हुदैन – भीम रावल


  • राजनीति
  • मंगलबार, जेष्ठ २८ २०७६

बैतडी– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिएका छन् । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताएका हुन् ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।’ सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उनले थपे, ‘पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, पे्रसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गरे । ‘सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ’, उनले भने, ‘समाजवादको बाटोमा जान बजेट बढाउनुपर्छ ।’

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । उनले भने, ‘पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।’

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए । पार्टीले गलत ग¥यो भने खबरदारी गर्नुपर्छ भन्दै उनले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गरे । उनले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार