logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अन्तिम बिनास प्रतिक्रियावादीहरुको सिबिरमा हुनेछ : नेत्रबिक्रम चन्द ‘विप्लव’


  • राजनीति
  • शुक्रबार, मंसिर २२ २०७४

स्थानिय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन खारेज अभियान संचालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले अबको क्रान्तिले प्रतिक्रियावादी कित्तामा ठूलो बिनास ल्याउने धारणा ब्यक्त गरेकाछन ।

चुनाव सकिएको भोलि पल्टै एक बिज्ञपति जारी गर्दै साम्राज्यवादीका दलालहरु द्धारा गरिएको चुनावको खास अर्थ नहुने बताएका छन । उनले आफ्नो पार्टीको आब्हानमा जनताले साथ दिएकोमा धन्यवाद दिदै अझै जुझारु ढंगले अगाडी बढन पार्टी पत्तीलाइ निर्देशन समेत दिएकाछन ।

बिप्लवको बिज्ञप्तीको पुर्णपाठ यसप्रकार छ ।

प्रतिक्रियावादी, साम्राज्यवादी, संसदवादी र आत्मसमर्पणवादी एवम् विसर्जनवादी तत्वहरुको जनविरोधी लेनदेन र षड्यन्त्रका कारण शान्ति प्रक्रिया असफल भयो । यी तत्वहरुले नेपाली जनता र महान जनयुद्धको मूलमर्म, भावना र चाहना विपरित दलाल पुँजीवादी संसदीय व्यवस्था जबरजस्त लाद्न संसदीय व्यवस्थामा पुँजीवादी संघीयता थपिएको (संसदीय व्यवस्था) को प्रतिनिधि र प्रदेशसभाको चुनाव यही मंसिर १० गते र २१ गते घोषणा गरेको थियो । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली उत्पीडित–श्रमिक जनताले त्यसलाई सशक्त प्रकारले प्रतिरोध गरेका छन् । हाम्रो पार्टीको निर्देशन, आव्हान र श्रमिक तथा देशभक्त शक्तिहरुको सहभागिता एवम् सहयोगमा चुनाव खारेज अभियान हस्तक्षेपकारी र प्रभावकारी रुपले सफल भएको छ । यो खारेजी अभियान र प्रतिरोधदेखि नेपाली क्रान्ति, विद्रोह, क्रान्ति र परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नेपाली जनतामाथि जबरजस्त संसदीय व्यवस्था थोपर्न खोज्ने प्रतिक्रियावादी, साम्राज्यवादी र आत्मसमर्पणवादी, विसर्जनवादी तत्वहरुको सपना ध्वस्त भएको छ । यो महान र नयाँ पहलमा पार्टीको आव्हान र आग्रहलाई स्वीकार गर्दै सम्पूर्ण सहयोग गर्नुहुने एवम् पार्टीलाई माया गर्नुहुने आम नेपाली जनतालाई पार्टी विशेष धन्यवाद र आभार प्रकट गर्दछ । यो महान अभियानमा पार्टी निर्णय र निर्देशनलाई दृढतापूर्वक आत्मसाथ गर्दै प्रतिरोध संघर्ष चुनाव खारेज अभियानमा रातदिन खट्ने र संघर्षलाई उचाई प्रदान गर्ने सम्पूर्ण पार्टीपङ्ती, नेता–कार्यकर्ता, जबस, मोर्चा संगठन एवं युवा कमरेडहरुलाई गर्विलो अङ्कमालसहित धन्यवाद प्रकट गर्दछ । यस अभियानलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र सकारात्मक सहयोग गर्नुहुने बुद्धिजीवी, राजनीतिक विश्लेषक, कानुनविद्, मानवअधिकारवादी, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, अन्तर्राष्ट्रिय संघ–संस्थाका कुटनीतिज्ञ तथा कानुनविद् सबैमा पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

पार्टीको अभियानमा समर्पित भावनाका साथ खट्दा गिरफ्तार पर्नुभएका एवम् पार्टीलाई समर्थन गरेको आरोपमा राज्यद्वारा गिरफ्तार पर्न गई हालसम्म विनाकारण हिरासतमा बन्दी हुनुभएका पीवीएम कमरेड वीरजंग, केन्द्रीय सदस्य कमरेड सुमनसहित सयौं कमरेडहरुप्रति न्यानो र जोशिलो अभिवादन गर्दै धन्यवाद प्रकट गर्दछ । साथै गिरफ्तार कमरेडहरुलाई विनाशर्त यथाशीघ्र रिहाई गर्न राज्यसँग अपिल गर्दछ । अभियानको क्रममा घाइते हुनुभएका कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले २०६९ सालदेखि नै महान जनयुद्ध र शान्ति प्रक्रियाको मूलमर्म, मान्यता, उद्देश्य र लक्ष्यका विरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले), भारतीय साम्राज्यवाद र बाबुराम–प्रचण्डले गर्न थालेको गैरजिम्मेवार गठजोड, अनैतिक लेनदेन, व्यक्ति केन्द्रीत सम्झौताविरुद्ध संघर्ष गर्दै आएको हो । उनीहरुले षड्यन्त्रपूर्ण सम्झौता गर्दै जनयुद्धका उपलब्धिहरुलाई निषेध गर्दै महान जनमुक्ति सेनालाई विसर्जन गर्ने निर्णय गरेपछि नै हामीले प्रचण्ड–बाबुराम मण्डलीको गद्दारीसँग विद्रोह गर्दै उनीहरुद्वारा कथित दोस्रो संविधानसभाको चुनाव लादेपछि त्यसलाई प्रतिक्रान्तिको साधन भन्दै बहिष्कार गरेका थियौं । उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्थाको संविधानसभा घोषणा गर्दा हामीले जनगणतन्त्र नेपालको संविधान घोषणा गरेका थियौं । साथै हामीले जनप्रतिनिधिसभा र जनपरिषद्को घोषणा गरेका थियौं । उनीहरुको कथित स्थानीय तहको चुनाव गर्ने निर्णयलाई हामीले प्रतिरोधसहित खारेज गर्‍यौं । यसपटक संसदीय व्यवस्थाको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खारेजी त्यसैको निरन्तरता र उत्कर्ष हो ।

यतिवेला नेपालमा दुई विश्वदृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको छ । आउँदा दिनहरुमा एउटा पुरानो संसदीय सत्तालाई नयाँसत्ताले विस्थापित गर्ने तथा नयाँसत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शंका छैन । हाम्रो पार्टीले प्रतिक्रान्तिकारी संसदीय चुनावलाई खारेज गर्ने निर्णय लिएदेखि खारेज अभियान सञ्चालन गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिस्सामा केही भ्रम र पूर्वाग्रह पनि देखिन खोज्यो । केही अन्तर्राष्ट्रिय समुदायले हाम्रो चुनाव खारेज अभियानलाई लोकतन्त्र र जनताको मतदान अधिकारमाथि हस्तक्षेप भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि हो । यो खारेज अभियान शान्ति प्रक्रियालाई धोकापूर्ण तरिकाले दलाल पुँजीवादी संसदीय व्यवस्था पुनस्र्थापना गर्ने र त्यसको आयु लम्ब्याउने गद्दारी विरुद्ध विद्रोह र प्रतिरोध हो । जुनकुरा माओवादी आन्दोलनको पूर्णअधिकारभित्र पर्दछ । त्यसैगरी केही वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरुले चुनाव विरोधी तत्व, बम पड्काउने, ध्वंसात्मक तत्व भनेका छन् । कतिपय सञ्चार माध्यमले बम पड्काएर जिम्मा नलिने अनैतिक कार्य भएकोले राज्यले दमन गर्नुपर्ने भनिरहेका छन् । राज्य र सञ्चारमाध्यमहरुले ‘अज्ञात समूहको बम हमला’ भनेर प्रचार गरे । यी सबै घरेलु प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक छन् । यी प्रचारका पछाडि जनयुद्धलाई आतंककारी, विध्वंसकारी, फासिवादी दोषारोपण गर्ने प्रवृत्ति र मनसाय निहित छ । जबकि हाम्रो पार्टीले संसदीय चुनावलाई सम्पूर्ण रुप र तरिकाले प्रतिरोध तथा खारेज गर्न अपिल गरिसकेपछि यसैको निर्देशनमा गरिएका प्रतिरोध संघर्षहरु जनुसुकै किन र कसरी अज्ञात, विध्वंसात्मक र अनैतिक भए ? यी त प्रतिक्रान्तिकारी तत्व र दलाल संसदीय व्यवस्था विरुद्ध खुल्लमखुल्लारुपले सञ्चालन गरेका क्रान्तिका श्रृङ्खला हुन् । बरु यहाँ जसले यसलाई जानाजान भ्रमपूर्ण बनाउन खोजेका छन् । यी तत्वले आफ्नो जनघात र राष्ट्रघातलाई छोप्न र वास्तविक जनवादी, राष्ट्रवादी, क्रा

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार