logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवकाेे सामरिक महत्वकाे चुरे जिल्ला सेक्रेटरी गिरफ्तार


  • राजनीति
  • बिहिबार, जेष्ठ ३० २०७६

नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो अन्तर्गत रहेको चुरे क्षेत्रका सेक्रेटरी एनआर्जन घर्ति र पार्टी सदस्य धनसिंह ठगुन्नालाई  प्रहरीले  गिरफ्तार गरेको छ।

हिजाे साझ पार्टी कामको सिलसिलामा बुलिङ्टार गाउँपालिकास्थित अथरौलीबाट घर्ति र ठगुन्नालाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई कावासोती प्रहरी कार्यालयमा राखेको बुझिएको  छ ।

सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएपछि देशभर धरपकड तथा गिरफ्तार तीव्र पारेको छ भने केन्द्रीय नेतादेखि सर्वसाधारण शुभचिन्तकहरुलाईसमेत हिरासतमा लिई जेलमा राखेको छ ।

यो पनि पढ्नुहोस:
यसकारण परे इन्चार्ज दर्नाल कार्वाहीमा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको मेची–कोशी व्युरो इन्चार्ज शिशाले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पाले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कारवाही गरेको विज्ञप्तिमार्फत भनिएको छ ।

विज्ञप्तिमार्फत ‘नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो । पार्टीको नीति र कार्यक्रमको विरुद्ध गएपछि इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई आजकै मितिबाट पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको छ । पार्टीबाट पलायन भएर, कारवाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरुको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा जानकारी गराउँदछौं ।’ भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार