राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बन्धित जनपरिषद् (जनसरकार) धनुषाले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको जनाएको छ ।
आज बिहान नगरपालिका मा एक शक्तिशाली बम बिस्पाेट भएको थियाे ।
व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु दलालहरुमार्फत् बिक्रीवितरण गर्न सहयोग गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको, नगरपालिकाको सानोसानो काममा पनि जनसमुदायबाट घूस खाने गरेको पाइएकाले कारबाही गरिएको परिषद् प्रमुख मनोजले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘विकास निर्माणका काममा कमसल काम गरेर किर्ते कागज बनाई बजेट फरफारक गरेको, विकासका कामहरूमा स्थानीय जनतासँग कुनै सरोकार नराखी एकलौटी र मनोमानीगरेको, सार्वजनिक सम्पत्ति हिनामिना गरेको आदि कारणले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको यसै प्रेसविज्ञप्तिमार्फतजानकारी गराइन्छ ।’
