logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता डिआर पौडेलको निधन


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

पूर्वमन्त्री तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युको खबर सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री थापाका स्वकीय सचिव सूर्य सुवेदी पथिकले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

पथिकले पौडेलको मृत्यु ह्दयघातका कारण चितवनमा निधन भएको जानकारी दिएका छन् । पौडेल यसअघिको मन्त्रीमण्डलमा शिक्षामन्त्री थिए । उनी चितवनमा लोकपृय तथा इमानदार छवि बनाएका नेता हुन् ।

उनको असामयिक निधनप्रति उनका आफन्त तथा शुभचिन्तक एवम उनी आवद्ध पार्टीका नेता कार्यकर्ताहरुल? श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् । यसबारेमा थप जानकारी आउन भने बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार