logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बाम गठबन्धनबाट हार्ने गौतम दोस्रा ठूला नेता गौतम अघि नारायणकाजी श्रेष्ठ पराजित


  • राजनीति
  • आइतबार, मंसिर २४ २०७४

काठमाडौँ । एमालेका उपाध्यक्ष बामदेव गौतम पराजित भएका छन् । बामदेव बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३  मतले पराजित भएका हुन् ।

सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याउँदा बामदेव गौतमको ४४ हजार ७६ ल्याए ।बाम गठबन्धनबाट हार्ने गौतम दोस्रा ठूला नेता हुन् । गौतमअघि माओवादीका नारायणकाजी श्रेष्ठ पराजित भएका थिएनन् ।

२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जितेका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेका थिए । यसपटक भने बाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उनी बर्दियाबाट चुनाव लड्न बाध्य भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार