logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपा अध्यक्ष दाहालद्वारा पार्टी झण्डा ओडाएर दिवंगत पौडेलप्रति श्रद्धाञ्जली दिए


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

पोखरा- पूर्व शिक्षा मन्त्री एवम नेकपा नेता धनीराम पौडेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताले श्रद्धाञ्जली दिएका छन् । अध्यक्ष दाहाल, नेकपाका नेता वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखडेल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतले शुक्रबार चितवनको माडी पुगेर दिवंगत पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो ।

बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा ७ बजे चितवनको माडीस्थित बघौडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका नेता पौडेलका सहयोगी ओमनाथ पाण्डेले बताए । २०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ। उनी नेकपाका केन्द्रीय सदस्य थिए ।

पौडेल दोस्रो संविधानसभामा समानुपातिक सभासद् चयन भएका थिए । पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री भएका थिए । श्रीमती र दुई छोरी रहेका पौडेलको माडीमै दाह संस्कार हुने नेकपा माडीका नेता नारदमणि पौडेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार