राजनीति
नेपाल बन्दकाे पुर्वसंन्ध्यामा भएको सुकेधारा बम बिस्पाेटका घाइते रामकुमार श्रेष्ठको उपचारको क्रममा ओम हस्पिटलमा आज मृत्यु भएको छ।
काठमाडौंको सुकेधारामा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका ब्यक्तिको धेरै लामो समयमा परिचय खुलेको थियाे । ओम अस्पतालको आइसियुमा उपचार गराईरहेका ती ब्यक्ति रामेछाप मन्थली नगरपालिका वडा नं.४ निवासी रामकुमार श्रेष्ठ रहेका थिए । घटना भएको दिन जेठ १२ गते सुकेधारा स्थित छोटे ठाकुरको सैलुनमा पुग्ने बित्तिकै कुकर बम बिस्फोट हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
गत जेष्ठ १२ गते सुकेधारास्थित पुल नजिकै एउटा सैलुन पसलमा शक्तिशाली बम बिस्पाेट भएको थियाे । बिस्पाेटमा परि दाङका महान कालिकाेटका दिपेन्द्र बिक र बाग्लुङका निरन्तर मल्लकाे ज्यान गएकाे थियाे । घाइते रामेछाप मन्थली निबासी श्रेष्ठ काे मृत्यु भएकाे अस्पताल स्राेत लेे जनाएको छ।