logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रीहरुलाइ लखेट्ने नेकपाकै सांसदको चेतावनी , ४ गते भीषण हुने संकेत


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै संञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा माग गरेका छन्। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन्।

मन्त्री बाँस्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए। उनले भने ‘मन्त्रीहरुको दिनगन्ती सुरु हुन्छ। याद गर्नुहोस्। गणतन्त्रको पनि दिनगन्ति सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ।’

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए। उनले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे। उनले २ सय ४० वर्षे राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए।

उनले भने ‘मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ। सुन्नुपर्छ। फेबदल गरेर कसैको इज्जत र जात जादैन। जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस्। केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि। किनभने २ सय ४० वर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन्। नेपाली जनता हुन्। त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला। यदि यो विधेयकबारे २ गते प्रधानमन्त्रीले केही बोलेनन् भने ४ गते हेर्नुहोला। फेरी पनि मैले दोहोर्याएर भने ४ गते पर्खेर बस्नोस्। ४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुनेछैन।’

सँगसँगै राजसंस्थाविरुद्ध लडेर आएकाहरुमाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश पोखे। उनले भने ‘आफ्नो औकात नबिर्सनुहोला, काठमाडौंमा कसरी बस्नुभएको थियोरु के गर्नुभएको थियोरु के खानुभएको थियोरु कुन घरमा सुत्नुभएको थियोरु कसरी संरक्षण थियोरु त्यो ख्याल गर्नुहोला।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार