logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रोड नै नभएको ठाउँमा ८ करोडको पुल


  • पत्रपत्रिका
  • आइतबार, असार १ २०७६

सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत खोलिएको छैन ।

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्र्याक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोडको लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो ।

दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार