राजनीति
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका छन् ।
उनलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुईजनालाई पक्राउ गरिएको हो ।
उनीहरु कालोझण्डासहित विमानस्थल प्रवेश गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको बताएका छन् ।
आइतबार बिहान काठमाडौँ ओर्लिएपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको पनि बताए ।