logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सरकारको विरुद्ध आत्मादाह गर्ने राष्ट्रिय स्वयंसेवक नेपालको चेतावनी


  • राजनीति
  • सोमबार, असार २ २०७६

केहि दिन अगाडी भद्रकालीमा रगत पोखेर बिरोध जनाएको राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन् ।

राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिए । उनले भने,‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौं ।’

राष्ट्रिय स्वायंमसेवक नेपालका अध्यक्ष श्रीराम घिमिरेका अनुसार नेपालमा कृषिप्रधमान देशरहेकाले देशमा भएका प्रत्येक किसानले सुखि र समृद्धिको अनुभूति हुने गरि नेपाल परिवतन गर्ने प्रतिवद्घता व्यक्त गरे । आफुहरुले कुनैपनि आन्दोलन हत्याहिसांमा संलग्न नभई देश र आम जनताको निमित आफुहरुनै आत्माघाती बनेर अगाडि बढ्ने बताए ।

स्वंसेवकले ३२ जेष्ठमा भद्रकालीमा पाँच सय लिटर रगत सडकमा बगाएपछि सर्वत्र चर्चा भएको थियो । उक्त घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकार पक्राऊ गरेर हिरासतमा राखेको थियो । घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोधमात्र गरेको बताए । उनले भने,‘अब योभन्दा कडा संघर्षमा जान्छौं ।’

भद«कालीबाट नेपाल स्वयंम सेवकका १० जना अभियान्तालाई प्रहरी पक्राऊ गरेको भन्दै केन्द्रीय अभियन्ता विमल खत्रीले आपत्ति जनाए । आफूहरुका बारे गलत हल्ला फैलाएर आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए ।

कार्यक्रममा स्वयंसेवक नेपालकी सफलता बोगटीले आन्दोलनका कार्यक्रम देशका कुनाकाप्चासम्म पु¥याउने बताइन् । उनले आफूहरुको मागमध्ये देशमा रहेका आर्थिक र राजनिति भित्र रहेका भ्रष्ट्रचारी अनियन्ता को विरुद्घ बलियो अर्थतन्त्र सुदृढ राष्ट्रियता समानुपातिक न्याय प्रणाली र समावेशी न्याय प्रणाली र लोक कल्याणकारी निर्माणका लागि नेपालमा २० रोपनी भन्दा कम जग्गा जमिन भएका किसान परिवारलाई मल बिउ विजनको निशुल्क व्यवस्था गरिनु पर्ने, वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका प्रत्येक मृतक परिवार लाई २० लाख सम्मको क्षतिपूर्ति को व्यवस्था गरिनुपर्ने अगं भङ्ग भएकाहरुलाई राज्यले उनीहरुलाई स्वाथ्य उपचार शिक्षा र रोजगारीको पूर्ण ग्यारेन्टि लिनुपर्ने उल्लेख गरिन् ।

राष्ट्रिय स्वयंमसेवक नेपनलका अभियन्ताहरु सरिता पण्डित, गायत्री दाहाल, अभियन्ताहरु केशव प्रसाद उपे्रती पुरुषोत्तम गजुरेल र सुदिप गजुरेलले कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार