logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एमाले सग एकताको बारेमा महराको फरक मत


  • राजनीति
  • मंगलबार, पुष ४ २०७४

निर्वाचन लगतै बसेको नेकपा माओवादी केन्द्रमा पहिलोपटक औपचारिक रुपमै एमालेसँगको पार्टी एकताबारे असहमति व्यक्त भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा महराले एमालेसँगको एकताबारे ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका हुन् ।

उनले एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको बताए । ‘एमालेसँग चुनावी तालमेल मात्र गरिएको हो’, महराले भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एमालेसँगको एतामा मैले धेरै जटिलता देखेको छु ।’ महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो ।

महराबाहेक नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ लगायत नेताले भने निर्वाचनमार्फत जनताले बाम एकतालाई अनुमोदन गरेको विचार व्यक्त गरेका थिए । नेताहरुपछि बोलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टी एकताविरुद्ध अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार