logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसदमा प्रधानमन्त्री बोल्न जाँदा कांग्रेस द्वारा रोस्टम घेराउ, नाराबाजी


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् ।

संसद बैठकमा प्रधानमन्त्री वा प्रमुख विपक्षी दलको नेताले पहिले को बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे ।

उनले सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएपछि विपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेका हुन् ।

उनीहरुले संसदको मर्यादा कायम गर्नु पर्ने तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नु पर्ने मागसहितका नारा लगाएका छन् । सत्ता पक्षका सांसदले टेबुल ठटाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार