राजनीति
पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पूर्वप्रधानमन्त्री एवम् समाजवादी नेपाल पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्जिम्मेवार भएको टिप्पणी गरेका छन् ।संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका हुन् । उनले प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भत्र्सना गरे ।
उनले भने, ‘गैहजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु जनताको अभिमतको दुरुपयोग हो । र मचाहीँ यसको तिब्र भत्र्सना गर्दछु ।’