logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने काँग्रेसले संसदीय व्यवस्था माथि नै धावा बोले-योगेश भट्टराई


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश कुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर काँग्रेसले संसदीय व्यवस्था माथि नै धावा बोलेको दावी समेत गरे ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिशन स्पष्ट पार्न रोष्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर काँग्रेसले निन्दनीय काम गरेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे ।

सांसद भट्टराईले प्रधानमन्त्रीले बोल्नुअघि प्रतिपक्ष दल काँग्रेसका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको पनि बताएका छन । उनले भने “आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना हो। ”

सांसद भट्टराईले प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्ष दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि काँग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार