logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिन्धुलीमा प्रहरीद्वारा अन्धाधुन्ध फायरिङ स्थिति तनावपूर्ण


  • राजनीति
  • बिहिबार, असार ५ २०७६

सिन्धुली– प्रहरी र स्थानीयबीच झडप हुँदा सिन्धुलीको मरिण गाउँपालिकामा तनाव भएको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटमा घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच शनिबार साँझ झडप हुँदा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले २१ राउण्ड हवाई फायर गरेको छ ।

स्थानीयहरूबीच भएको विवादका क्रममा प्रहरीले दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको थियो भने शनिबार फेरि एक जना पक्राउ परेपछि स्थानीय आक्रोशित बन्दै चौकी घेराउ गर्न पुगेका थिए ।
स्थानीयले पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार