logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नक्कली मुडभेट बनायर कुमार मारिए, निष्पक्ष छानवीन हाेस : डा. बाबुराम भट्टराई


  • राजनीति
  • शनिबार, असार ७ २०७६

समाजबादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता कुमार पौडेलको प्रहरीसंग भएको मुठभेडमा परेर मृत्यु भएको भन्ने घटनाकाे  निष्पक्ष छानबिनको माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार समाजिक सञ्जालमा ट्वीट गर्दै नक्कली मुठभेडमा मारिएको खबरले दुःखी भएको प्रतिक्रिया दिएका छन्। उनले नक्कली मुठभेडमा मारिएकोप्रति गम्भिर आपत्ति जनाउदै, हिजो पुरानो सत्ताधारी हर्कत अहिलेको सरकारले दोहोर्याएको टिप्पणी पनि गरे।

जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बजेका हिजोकाा क्रान्तिकारहरुले उही पुरानो हर्कत दोहो-याउनु विडम्बनापूर्ण भएको बताएका छन्।

उनले ट्वीटर मार्फत ट्वीट गर्दे भनेका छन्ः चन्द नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नक्कली मुठभेडमा मारेको खबर अत्यन्त गम्भीर छ! जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बनेका हिजोका क्रान्तिकारीहरूले उही पुरानै सत्ताधारीहरूको हर्कत दोहोर्याउनु विडम्बनापूर्ण छ!घटनाको निश्पक्ष छानबिन हाेस्।

यस्ताे छ बाबुराम काे ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार