राजनीति
प्रहरीद्वारा हत्या गरिएका विप्लव नेतृत्वको नेकपा का जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैड्यालकाे सवयात्रा सुरु भएको छ।
जनप्रिय नेताकाे छवि बनाएका पाैड्यालकाे सव यात्रामा ठुलो संख्यामा जनताको सहभागीता भएको छन् सर्लाही बाट खबर प्राप्त भएको छ । बाग्मति नगरपालिका काे हरिवन बजारमा सवयात्रा जारी रहेकाे पारिवारिक स्राेतले जनाएको छ।
सवयात्रामा प्रहरी ले अनावश्यक हस्तक्षेप गरेकाे बताइएको छ। प्रहरीकाेे हस्पक्षेपकाे प्रतिरोध गर्दै हजारौं जनता सवयात्रामा सहभागी छन् । सवयात्राका क्रममा प्रहरी सग पटकपटक झडप समेत भएको छ।
भने यता हजारौं जनताहरु सवयात्रा मा नारा लगाएका छन् । महान सहिद कुमार जिन्दावाद, हत्याराे सरकार मुर्दावाद, कुमार पाैड्याललाई राष्ट्रिय सहिद घाेषणा गर, घटनाकाे निष्पक्ष छानविन गर , दाेषिमाथि कार्वाही गर , जस्ता नाराले हरिवन बजार तातेकाे छ। बिस्तृत बिवरण आइसकेको छैन ।
बिभत्स ढङ्गले मारिएका कुमार पौडेलको परिचय
सुकुम्बासी आन्दोलन मार्फत लाेकप्रिय छवि बनाएका विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पैड्यालकाे भखरै प्रहरीद्वाराा हत्या गरिएकाे छ । नेकपा जनकपुर ब्युराे सदस्य तथाा सर्लाही जिल्ला का इन्चार्ज थिए।
पौडेल बागमती नगरपालिका धरहरास्थित हरिवन का स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।
भुमिहिन सुकुम्बासीले जमिन पाउनुपर्ने माग राख्दै सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका उनी सुकुम्बासी मात्रै हाेेइन सर्लाही र सिन्धुलिमा निकै लाेक प्रिय मानिन्थे पाैड्याल ।
बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।
पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।
अग्लाे हाइट हसिलाे अनुहार तथा मिलनसार स्वभावका धनी पाैड्याल पुर्व खेलाडीसमेत रहेका थिए। पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए । “एक्कासि उहाँको प्रहरीले चलाएको गोली लागि निधन भएको खबर थाहा पाउँदा दुःख लागेको छ,” उनले भने । उनका श्रीमती छाेरा एक छाेरी आमा बुवा भाइ र दिदी हुनुहुन्छ ।