राजनीति
प्रहरीद्वारा हत्या गरिएका नेकपा जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैड्ययालकाे जिल्ला काे बाग्मति नदिमा अन्तेष्टी गरिएको छ।

मृतक कुमार पाैड्याल
असार ५ गते प्रहरीद्वारा मारिएका विप्लव नेतृत्वको नेकपा का जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलको अन्त्येष्टि गरिएको हाे। । कामको शिलशिलामा मोटर साइकलमा जादै गरेका कुमार लाइ प्रहरीले नियन्त्रणमा लिएर बिभत्स ढंगले हत्या गरिएको भन्दै नेकपाले आक्रोश ब्यक्त गरेको छ ।

बेहाेस अबस्थामा छाेरी र श्रीमती
सबैको प्यारो नेताकाे छवि बनाएका पाैडेलकाे सव यात्रामा ठुलो संख्यामा जनताको सहभागीता रहेको थियो । सर्लाहीका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलका नेता तथा अगुवाहरुले समेत निन्दा गरका छन्। मृतक पौडेलको शनिबारै बागमती नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सवयात्रामा हजारौं जनता
सवयात्रामा प्रहरी ले अनावश्यक हस्तक्षेप गरेको भएता पनि जनताको ठुलो सहभागीताका साथ सव यात्रा गरेर अन्त्येष्टि गरिएको थियो ।

कुमार पाैड्यालकाे घरमा आफन्त शुभचिन्तक
भने यता हजारौं जनताहरु सवयात्रा मा नारा लगाएका छन् । महान सहिद कुमार जिन्दावाद, हत्याराे सरकार मुर्दावाद, कुमार पाैड्याललाई राष्ट्रिय सहिद घाेषणा गर, घटनाकाे निष्पक्ष छानविन गर , दाेषिमाथि कार्वाही गर , जस्ता नाराले लगाइएका थिए ।

शवयात्रा सहित प्रदर्शन




