राजनीति
पुर्व गृहमन्त्री तथा सत्तारूढ दलका नेता जनार्दन शर्माले सर्लाहीमा प्रहरीको दोहोरो भिडन्तमा मारिएका विप्लव नेेेेतृत्वको नेकपा का नेता कुमार पौडेको हत्या गम्भीर भएको भन्दै आपत्ति जनाएका छन्।
राज्यव्यवस्था समितिको आजको बैठकमा नेता शर्माले सर्लाहीमा मारिएका कुमार पौडेलको नियन्त्रणमा लिएर हत्या भएको भन्दै गृहमन्त्रीले समितिमा जवाफ दिनुपर्ने माग गरे।
उनले भने, ‘कुमार पौडेलको हात भाँचिएको भन्ने उजुरी परेको छ, यसको सत्यतथ्य समितिलाई गृहमन्त्रीले जानकारी दिनुपर्छ।’ त्यस्तै शर्माले रेशम चौधरीलाई अस्पतालमै नेल लगाएर राख्नु अनुचित भएको भन्दै प्रधानमन्त्रीले निर्देशन दिएर फुकाउनु राज्य संयन्त्रको उपहास भएको शर्माको भनाइ थियो।
उनले भने,’ निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ।मलाई त्यो बेला धनमायाको हत्याको आद आयो।’ पञ्चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठने सक्ने बताए।नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए।
उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ। यसमा सरकारको ध्यान जाओस्। उनले लोकसेवाको विज्ञानपनमा पनि मास भड्काउने काम भएको दाबी गरे। शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गरे।
कुमार पौडेल र रेशम चौधरीका घटना गम्भीर भएको भन्दै गणतन्त्रलाई असफल पार्न सबैतिरबाट हमला भइरहेको उनले बताए। त्यस्तै लोकसेवाको विज्ञापनमा समावेशी नबनाइनु संविधान र कानुनविपरीत भएको शर्माको धारणा थियो।
समितिमा नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको भन्दै छानबिन गर्न माग गरिन्। समितिले गृहमन्त्री रामबहादुर थापालाई यसबारे जवाफ माग्न सोमबार समितिको बैठकमा बोलाएको छ।