logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजे – गगन थापा


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा – सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको नेपाली कांग्रेसका सांसद गगन थापाले आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’भन्दै प्रश्न गरे ।

आर्थिक वर्ष ०७६७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो धारणा राखेका हुन । भन्सार लगाउँदा स्वदेशी मुद्रण उद्योग र राजस्व संकलनमा टेवामा पुग्छ भन्ने कुरा सही नभएको सांसद थापाको भनाइ छ ।

‘भन्सार बढाउँदा पनि पुस्तक किन्न छाडेनन् भने एक जनाले कति पुस्तक ल्याउन पाउने हो कोटा तोक्नुस्, विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्’ थापाले व्यंग गर्दैै भने, ‘किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुस् । त्यसो गर्दा पनि नेपाली किताब नपढी नछाड्ने भने एकजना नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार