logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुई सत्ता र दुई सेना भएको मुलुकमा शान्ति र समृद्धिको कुरा झुट र पाखण्ड मात्र हो – पूर्ण बहादुर सिंह


  • राजनीति
  • बिहिबार, पुष १३ २०७४

विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) का  अध्यक्ष पुर्ण बहादुर सिंहले मुलुकमा दुई सत्ता र दुई सेना भएको अवस्थामा दलाल संसदवादीले भन्ने गरेको शान्ति र समृद्धिको कुरा झुट र पाखण्ड मात्र रहेको बताएकाछन ।

पटक पटक भएका निर्वाचनहरु बाट जनता ठगिने र बेचिने बाहेक अरु उपलब्धि हुननसकेको जिकिर गरेकाछन । उनले राज्यले सेना प्रहरीको चरम दुरुपयोग सहित गरिएको निर्वाचन जनता द्धारा सक्रियतापुर्वक खारेज गरेको समेत बताउदै यसको प्रमाण जनताको न्यून सहभागीले पुष्टि गरेको बताएकाहुन।

सिंहले जुनसुकै बहानामा जुनसुकै तहको निर्वाचन गरिएको भएता पनि जनतालाइ चुस्ने लुटेरा अनुमोदित बाहेक केही नभएको भन्दै संसदिय निर्वाचनले जनतालाइ थप अन्याय ,अत्याचार र भ्रष्टाचार बाहेक अरु केहि दिन नसक्ने तर्क गरेकाछन । कार्यक्रमका प्रमुख अतिथि रहेका सिंहले अब युवा बिद्यार्थीले दलालको बिकल्पमा जनताका सहि प्रतिनिधि र संसदवादको बिकल्पमा बैज्ञानिक समाजको मार्गमा अगाडी बढ्न अपिल समेत गरेकाछन । आज राजधानीमा अखिल क्रान्तिकारी द्धारा मिनभवन क्याम्पसमा आयोजित बिद्यार्थी स्वागत कार्यक्रमा बोल्दै उनले उक्त्त कुरा बताएकाहुन । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय नेताहरु लोकेश बिश्वकर्मा,भीष्म शाही,रण बहादुर बि क,जिडि नाथ लगाएतको उपस्थिति रहेको आयोजक कमिटिका गोबिन्द बिष्ट्ले जानकारी दिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार