logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव पुत्र प्रकाश औषधि बोकेर बस्तितिर…


  • आश तमु
  • सोमबार, असार ९ २०७६

सरकारी प्रतिबन्धको सामना गर्दै आएको नेत्र बिक्रम चन्द विप्लव मुलुकको कुन ठाउमा कसरी रहेका छन,भावी योजना कसरी बुन्दैछ्न भन्ने सवत्र चासो चिन्ता र खोजीको बिषय बनिरहेको छ । एकातिर पार्टीका नेताहरुआथी उच्च निगरानी छ भने अर्को तिर जिल्ला तहका कार्यकर्ताको इन्काउन्टरको नाममा मारिएकाछन । यस्तो कठिन एब बिषम परिस्थितिमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनता को स्वास्थ्य उपचारको लागी शिविर संचालन गरेकी छ । जसको पहलकदमी विप्लवको पार्टी निकट अखिल जनस्वास्थ्य कर्मी महासघले गरेको थियो । जसको प्रत्यक्ष फिल्ड कमान्ड उनकै छोरा अर्ताथ जनस्वास्थ्यकर्मी महासघका महासचिव प्रकाश चन्दले गरेका थिए ।

नेकपाले सहिद स्मृति प्रतिष्ठानको आयोजनामा कपिलवस्तुको शिवगढीमा दुइ दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिवगढीमा दुइ दिने शिविर संचालन गरेको नेकपाले आम सर्वसाधारणको मात्र उपचार गरेन, सुन्दरी डाडा चौकीका शुरक्षाकर्मीको समेत स्वास्थ्य परिक्षण र उपचार गरेको आयोजकले जानकारी दिएको छ ।

राजनीतिक रुपमा संकटमा भएको भएता पनि जनताको सेवा गर्नु पहिलो कर्तव्य भएको अखिल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दले बताएका छन । उनले ठुलो संख्यामा जनतालाइ स्वास्थ्य सेवा प्रदान गर्दा आफुहरुलाइ एउटा खुशी लागेको तर राज्य जनतालाइ न्युनतम स्वास्थ्य अधिकार बाट समेत बन्चित गरेको देख्दा एकखालको आक्रोश पैदा हुने गरेको अनुभुती बाडेकाछन ।

कपिलवस्तुको शिवगढीमा सहिद स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न शिविरमा २६ सय जनताको स्वास्थ्य परिक्षण गरिएको क्रान्तिकारीका नेता बिरेन्द्र बिकले जानकारी दिएकाछन ।

नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) लुम्बिनी ब्युरो को सयोजनमा, तथा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघको प्राबिधिक सहयोगमा र सहिद प्रतिष्ठान कपिलवस्तुको आयोजनामा कपिलवस्तुको शिबगढीमा २ दिने जनस्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

सरकारले प्रतिबन्ध लगाएको भएता पनि प्रतिबन्धको वेवास्था गर्दै जनताको सेवामा जुट्नुलाइ एउटा राजनीतिक हिसाव बाट मात्र बुझ्ने भन्दा पनि एक जनता प्रतिको समर्पण भएको उपचारमा समलग्न एक चिकित्सक बताउछन ।

शिविरमा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका केन्द्रिय अध्यक्ष टिका कडेल, महासचिव प्रकाश चन्द र अखिल क्रान्तिकारीका केन्द्रीय नेताहरु सन्तोषी भट्टराई , बिरेन्द्र बिक,रुपा बुढा मगर को उपस्थिति रहेको थियो ।

शिविरमा स्त्री तथा प्रस्तुतिरोग बिषेशज्ञ ,हार्डजोर्नी तथा नसा रोग बिषेशज्ञ, बालबिषेशज्ञ ,छाला तथा यौनरोग बिषेशज्ञ,दन्तरोग बिषेशज्ञ,फिजिसियन( मेडिसिन),ल्याब , फार्मेसी,भिडियो एक्सरे,नाक कान घाटि रोग बिषेशज्ञले उपचार गरेका थिए ।

स्वास्थ्य परिक्षण पछि स्थानिय जनताले अहिले सम्म यस्तो शिबिर कसैले पनि सन्चालन नगरेको आफुहरुले धेरै शिबिर देखेको तर यति सबैको सुबिधा भिडियो एक्सरे, ल्याब परिक्षण, र पुर्ण मात्राको औसधि निशुल्क दिएर पठाएको पहिलो अनुभव भन्दै खुशी व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार