राजनीति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद झपटबहादुर रावलले राज्य ब्यवस्था समितिको बैठकमा सर्लाहीमा भएको कुमार पौडेल हत्याकाण्ड बारेमा जिम्मेवार निकायले कला बिहिन नाट्क गरेको भन्दै आक्रोश व्यक्त गरेकाछन । रावलले घटनाको सत्य तथ्य छानबिनको माग गर्दै भने ‘मान्छे मर्यो भन्दा पनि काल पल्क्यो ‘ । उनले विप्लव नेतृत्व पार्टी सग एउटा कोण बाट छलफल गरिनु पर्ने धारणा समेत व्यक्त गरेकाछन ।
उनले यस्तो धारणा यस्तो राखेका थिए
विप्लव समूह राजनीतिक हो भने एउटा कोणबाट छलफल गर्नुपर्छ । विप्लव समुहप्रति हाम्रो बुझाई के हो ? सबैभन्दा पहिला यसलाई प्रष्ट पार्नुपर्छ । यो घटनाको सन्र्दभमा त म के भन्छु भने कलाबिहिन नाटक प्रर्दशनको संज्ञा दिन चाहन्छु । कथा प्रस्तुत गर्दा पनि ढङ्ग पुर्यायो भने त्यो रोचक हुन्छ, शिक्षाप्रद हुन्छ, आनन्ददायक हुन्छ, मनोरञ्जनात्मक हुन्छ । तर कलाविहीन ढङ्ग नपुरयाएको नाटक हो भने अघि भनिएका चिजहरु प्राप्ति हुँदैनन् । घटनाका बारेमा माननीयज्यूहरुले धेरै भनिसक्नुभएको छ । तत्काल यो घटनाको बारेमा छानविन गर्नुपर्छ । तथ्यहरु जुन आएको त्यसको र घटनाको प्रकृतिको कुनै साइनो छैन । कानुन भन्दा माथि कोही हुन सक्दैन ।
घटनाको प्रकृतिले मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने देखायो । फेरी पनि घटना घटाउने र जवाफ दिइरहने ? संसारमा क्रान्ति पछि पनि प्रतिक्रान्ति गर्ने समुह हुन्छन् त्यसको कसरी ब्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।
फेरी पनि मेरी दिदीको सिउँदो पुछिएको हामी हेर्न सक्दैनौँ, आमा छोराछोरीको टुहुरा भएको हेर्न सक्दैन । यो समस्या समाधान गर्नका लागि तत्काल पहल लिनुपर्छ ।