logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘नो ट्याक्स, नो एनसेल’ अभियानका चर्चित नेता कार्की गिरफ्तार


  • राजनीति
  • सोमबार, असार ९ २०७६

बिश्व  प्रख्यात जिवन प्रशिक्षक तथा प्रतिबन्धित  नेपाल कम्युनिष्ट पार्टीका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन्। राजधानीको बालुवाटारबाट सोमबार अपरान्ह करिब सवा पाँचबजे नेता कार्की पक्राउ परेका हुन्।

कार्की विप्लव नेतृत्वको नेकपाका नेता मात्रै नभएर सामाजिक अभियन्तासँगै अन्तर्राष्ट्रिय मोटिभेटर समेत हुन्। राजधानीको नेपाल हाउसबाट प्रहरीले पक्राउ गरेको एक सुत्रले जानकारी दिएको छ ।

को हुन नर बहादुर कार्की

चर्चित युवा अभियन्ता तथा अन्तर्राष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की गत मंसिर ८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएका हुन । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा आयोजित विशाल जनसभा बाट उनि प्रवेश गरेका हुन । जिवन प्रशिक्षकका रुपमा ससार भर आफ्नो परिचय बनाउन सफल उनि बिश्वका प्राय मुलुकका युवाको र जनता बिच स्थापित छन ।

आफ्नो बेग्लै ज्ञान, क्षमता र प्रतिभाले बिश्वमा चर्चा बटुलीसकेका य कार्की ले हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वका उत्कृष्ट प्रशिक्षकहरु मध्य पर्दछन ।

चर्चित नेपाली फिल्म मालिका का निर्माता समेत हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार