logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुरक्षा तैनाथी छल्दै नेकपाको मसाल जुलुस बन्दमा सघाउन अपिल


  • राजनीति
  • सोमबार, असार ९ २०७६

सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले असार १० गते मंगलबारको  नेपाल बन्द कार्यक्रम सफल पार्नका लागि सोमबार देश भर मसाल जुलुश निकालेको छ । उपत्यकाको पनि विभिन्न ठाउमा अहिले साझ मसाल जुलुस निकालेकाहुन । मुलुकको भर नै सरकारी चुनौती छिचोल्दै नेकपाले प्रदर्सन गरेको बताएको छ ।

सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि नेकपाका दुइ जना भोजपुर जिल्ला सदस्य तिर्थ घिमिरे भोजपुरमा र सर्लाही जिल्ला इन्चार्ज  कुमार पौडेललाइ सर्लाहीमा हत्या गरेको भन्दै नेकपा आक्रोशित भएको छ ।

असार ५ गते सर्लाहीमा बिभत्स ढंगले कुमार पौडेलको हत्या गरिएको भन्दै असार १० गते नेपाल बन्दको आयोजना गरेको छ । नेत्र बिक्रम चन्द विप्लवले असार ६ गते एक बिज्ञप्ती जारी गरी बन्दको घोषणा गरेका थिए ।
पछिल्लो समय सरकारको गतिबिधिलाइ लिएर सत्तारुढ पार्टी  भित्र र बाहिर ब्यापक विरोध हुँदै आएको छ ।

सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज सहित  ५०० को हाराहारीमा नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।

आसार १० गतेको बन्द लाइ सफल बनाउन जनतालाइ आव्हान गर्दै उपत्यका लगायत देशका ठुला शहरमा मसाल जुलुस निकालिएको नेकपा स्रोतले बताएको छ । नेकपाले भोली १० गतेको दिन यातायात,कल कारखाना ,सबै शैक्षिक सघ सस्थाहरु बन्द गरेर न्यायपुर्ण आन्दोलनमा सहयोग  अपिल समेत गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार