logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाल बन्द : देशभर काे जनजिवन प्रभावित ठाउँ ठाउँमा बम भेटिए यस्ताे छ अबस्था


  • राजनीति
  • मंगलबार, असार १० २०७६

आज आह्वान गरिएको नेपाल बन्दकाे प्रभाव बिहानैदेखि देशभर परेकाे छ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण देशभर विहानैबाट सुनसान छ । मुख्या राजमार्ग राति १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सावारी साधान चलेका छैनन् ।

विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् ।

पार्टीका भोजपुर इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेकपाले आज एक दिन नेपाल बन्दका आह्वान गरेको थियो ।
बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

यस्तै काठमाडौं काे बानेश्वर स्थित बागमती नजिकै संकास्पत बस्तु भेटिएको छ।

बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो  ।

यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।

यस्तै हिजै  राजधानी लगायत देशभरका शिक्षण संस्था हरुले सुचना टास गरि शिक्षणसंस्था बन्द गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार