राजनीति
पोखरा- अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ ।
मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको रामबाण गुल्मध्वारा डिस्पोज गरेका छन् ।
यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको छ । डिस्पोजको लाािग नेपाली सेना तैनाथ रहे पनि डोजरमा क्षति हुने भएकोले डिस्पोज हुन सकेको छैन ।
नेपाल बन्द अपडेट : ललितपुर जावलाखेलको खेल मैदानमा प्रेसर कुकर बम भेटियो
नेपालबन्दको दिन ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार विहान प्रेसर कुकर बम भेटिएको हो ।
प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।
पोखरा- झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नगरपालिका कार्यालय परिसरमा फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।
जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उक्त झोला देखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएपछि प्रहरीले चारआलीस्थित कालीबहादुर गणलाई जानकारी गराइएको थियो । सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।