logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अभियान्ता नरबहादुरकाे गिरफ्तारी गणतन्त्रकाे भद्दा पाखण्डीपन : अभिनेत्री रेखा थापा

गणतन्त्रमा विप्लवको सर्थक हुने छुट किन नहुने ?


  • राजनीति
  • मंगलबार, असार १० २०७६

चर्चित अभिनेत्री  रेखा थापा राज्यप्रति आक्रोशित छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता तथा बिश्वप्रख्यात जीवन प्रशिक्षक  नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी छन् ।

‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’

‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।

कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो । कार्की रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् ।

पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।

उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लवमा प्रवेश गरेका थिए ।

यस्तो छ उनकाे स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार