राजनीति
नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले एक बिज्ञप्ती जारी गर्दै बन्द सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिएकाछन । उनले त्यसै बिज्ञप्ती मार्फत यस्ता घटनाको वदला लिने समेत घोषणा गरेकाछन । नेतृत्वको नेपाल कम्युनिस्टले आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई हत्या गरेको विरोध स्वरूप असार १० गते नेपाल बन्दको आयोजना गरेको थियो ।
नेपाल बन्दको दिन बेलुका प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले बन्द सफल बनाउने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् । साथै विप्लवले आफ्नो पार्टीप्रति जनलहर बढिरहेका कारण अत्तालिएको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको बताएका छन् । साथै वली सरकारले राष्ट्रघात र जनघातमा यस अघिका सरकारलाई पनि उछिनेको छ भन्दै विप्लवले आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्ति, जनता र आम पार्टी पङ्क्तिलाई धन्यवाद दिएका छन् ।
‘सरकारले गरेको व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द आयोजना गरिएको थियो ‘ विप्लवले भनेका छन्- ‘हाम्रो पार्टीले आयोजना गरिएको नेपाल बन्दलाई सबै पक्षबाट सहायोग भएका कारण आजका लागि आव्हान गरिएको नेपाल बन्द सफल भएको छ
विज्ञप्तिमा भनिएको छ- ‘केपी सरकारको राज्य आतं, कमरेड कुमार पौडेल हत्या काण्डबिरुद्ध आयोजित नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पार्टीपङ्क्ति, आम जनसमुदाय, देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्ति, राष्ट्रवादी लोकतान्त्रिक शक्तिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’
साथै उनले देश र जनताबिरोधीहरुसँग क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता समेत दोहोर्याएका छन् । ज्ञप्तिमा अगाडि भनिएको छ-‘एकीकृत जनक्रान्तिको प्रक्रियामै देश र जनताका बिरुद्ध लागिरहेका शक्तिहरुको बदला लिने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
यस अघि ६ गते विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले देशलाई भयानक भिडन्ततिर धकेल्ने र सत्ता लम्ब्याउने बदनियतले निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको भन्दै नेपाल बन्द घोषणा गरेका थिए । गैरन्यायिक हत्यामाथि पर्दा हाल्न सरकारले कथित भिडन्तको कथा सार्वजनिक गरेको उल्लेख गर्दै उनले हत्या गरिएका कुमार पौडेललाई सहिद घोषणा गरेका थिए । साथै क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता व्यक्त गर्दै र सक्रिय रक्षामा रहँदै वली सरकारको षड्यन्त्रविरुद्ध सशक्त प्रतिरोध गर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेका थिए । विज्ञप्तिको पूर्णपाठ….
