logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नवराज सिलवाललाई पक्राउ गर्न पुर्जी जारी

उपत्यका छोडेको आशका


  • राजनीति
  • मंगलबार, पुष १८ २०७४

पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन्।

पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन्।

सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो।

डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरुलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवाल विरुद्ध जाहेरी दर्ता भएको थियो।

सिलवाल विरुद्धको किर्ते मुद्दाको सम्बन्धमा पुस ३ गते सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबीच छलफल भएको थियो। छलफलपछि पुस ५ मा जाहेरी दर्ता भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार