logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्लाही काण्डकाे निष्पक्ष छानबिन गर : नेता केसी


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुन नरसिंह केसीले सर्लाही काण्डको यथार्थ तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश प्रवाह गर्दै केसीले मुलुकमा शृङ्खलाबद्ध गैरन्यायिक ढंगले मारिने निरन्तर चल्दै आएकोमा चिन्ता र चासो पनि व्यक्त गरेका छन् ।

उनले निरन्तर गैरन्यायिक ढंगले मार्ने काम भइरहेको तर त्यो काण्डको ‘तृणमूल’ तहमा कहिल्यै छानबिन नभएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको सर्वमान्य सिद्धान्त जीवन, धन, स्वतन्त्रता र सम्मानको सुनिश्चितता हो । इन्काउन्टरका नाउँमा जस्तोसुकै अपराधी भए पनि ज्यान लिनु राज्य अपराध हो । सर्लाही घटनाको यथार्थ सार्वजनिक हुनु जरुरी छ ।’

स्मरणीय छ, यही असार ५ गते नेकपा सर्लाहीका इन्चार्ज तथा लोकप्रिय  नेता कुमारपौडेललाई प्रहरीले लालबन्दी १, लखन्तीखोला नजिक नियन्त्रणमा लिइसकेपछि ठाउँठाउँमा हात भाँचेर हात र टाउकोमा गोली पहार गरी मारेको गरेको थियो । उक्त काण्डको चौतर्फी विरोध र भत्र्सना भइरहेको र राष्ट्रिय मानवअधिकार आयोगले समेत छानबिन सुरु गरिरहेको समयमा केसीको यो भनाइ सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार