राजनीति
पोखरा- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गोरखा जिल्ला सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीको जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।
जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई बुधबार राति ११ बजे शहीद लखन गाउँपालिका – ४ को राइनासबाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
राइनासमै स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएका एसपी भोला रावलले जानकारी दिए।पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।