logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

उपराष्ट्रपतिको आधिकारिक बेवसाइटमा,गृहमन्त्री थापाले धुमपान गरिरहेको तस्बिर संग्रह


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

उपराष्ट्रपतिको आधिकारिक बेवसाइटमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापाले धुमपान गरिरहेको तस्बिर संग्रह गरिएको छ।

‘सम्माननीय उपराष्ट्रपतिज्यूका पूराना तस्वीरहरु’ कोलममा थापाको चुरोटसँगको तस्बिर उपराष्ट्रपति कार्यालयको आधिकारीक बेवसाइट भीपीएन डट जिओभी डट एनपीमा राखिएको छ।

गृहमन्त्री थापा स्थायी समिति सदस्य थिए भने उपराष्ट्रपति नन्दबहादुर पुन तत्कालीन नेकपा (माओवादी) का पोलिटब्यूरो सदस्य । दुवै जनाले आफ्नो जिम्मेवारीको परिचयपत्र पनि प्रष्ट देखिने गरी लगाएका छन्।

‘चुनवाङ बैठकमा बादलसँग’ ग्यालरीमा संग्रहितमध्ये नवौं तस्बिरमा लेखिएको छ। गृहमन्त्री थापाको सचिवालयले अनविज्ञता व्यक्त गरेको भन्दै बताएकाछन ।

माओवादीको १० वर्षे सशक्त जनयुद्धमा लामो कपाल पाल्ने पुरुष, जाडरक्सी खाने, बेच्‍ने र बनाउने, तथा धुमपान गर्नेलाई समेत ‘जनकारबाही’ स्वरुप माओवादीले भाटे कारबाही गर्थे।

तर गृहमन्त्री थापा त्यति बेला चुरोटका अम्मली रहेको उनीसँग संगत गर्ने नेकपाका एक नेताले बताए। ‘तर अहिले छोड्नु भएको जस्तो लाग्छ, धेरै कार्यक्रममा हामी सँगै हुन्छौं, बादल कामरेडले धुम्रपान गरेको देखेको छैन,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार